तपाई आफूलाई स्वस्थ राख्न र फिट हुन केसम्म गर्नुहुन्छ रु आफ्नै पिसाव पिउन सक्नुहुन्छ रु यस्तो कुरा सोध्दा पनि धेरैलाई घि लाग्दो हो । तर, संसारमा यस्ता महिला पनि छन् जो आफूलाई फिट राख्न दैनिक यस्तो काम गर्छन्, जुन जोकोहीलाई अचम्म लाग्न सक्छ । तिनैमध्येकी एक महिला हुन् ६३ वर्षीया सिल्भिया चान्डलर । उनले आफूलाई जवान राख्न २० वर्षदेखि दैनिक आफ्नै पिसाव पिइरहेकी छिन् । सिल्भिया भन्छिन् कि यस उमेरमा पनि जवान देखिनुको रहस्य पिसाव सेवन हो । त्यति मात्र होइन सिल्भियाले टाउको नुहाउन र अनुहारमा मोस्चराइजरबाट छुटकारा लिन पनि पिसाव प्रयोग गर्ने गरेकी छन् । दुई बच्चाकी आमा सिल्भिया भन्छिन्–पिसाव सेवन गर्ने गरेकाले नै म पछिल्लो एक दशक डाक्टरकहाँ जानु परेको छैन । स्लिम बडी बनाउन र जवान देखिन पिसाव सेवन अमृतजस्तै भएको सिल्भियाको दावी छ । तर, उनको भनाइ छ कि कमजोर मुटु भएकाले यस्तो गर्न सक्दैनन् । उनी भन्छिन्–पिसाव पिउने गरेकै कारण यो उमेरमा पनि म स्वस्थ र ऊर्जावान छु । जम म कुनै पुरुषलाई आफ्नो उमेर भन्छु उनीहरु विश्वास नै गर्दैनन् । सिल्भिया बिहानै एक गिलास पिसाव सेवन गर्छिन् र दिनमा पनि । उनका अनुसार उनलाई यो पानी पिएजस्तो मात्र लाग्दैन, मीठो र स्वादिष्ट पनि लाग्छ । सिल्भियाको शब्दमा भन्ने हो भने पिसाव सेवनले सर्दी लाग्दैन भने शरीर पनि व्यवस्थापन हुन्छ । उनले पिसाव सेवनबाट फाइदा भएपछि बर्मिंघममा आफ्नै हेल्थ स्टोर खोलेकी छन् । एजेन्सी